सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । सान्भी इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अब कम्पनीको शेयर ‘एसएएनभीआई’ सिम्बोलबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ८८ लाख कित्ता शेयर सूचीकृत भएको हो । यसमा सर्वसाधारणलाई वितरण गरिएको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर समावेश छन् ।

सूचीकृत भएसँगै सान्भी इनर्जीको शेयर अब आइतबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले यस कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम १२०.७४ रुपैयाँदेखि अधिकतम ३६२.२२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार