काठमाडौं । एन आई सी एशिया बैंकले बैंकले ग्राहकलाई बैङ्कको नाममा रहेको बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको जानकारी अनलाईन पोर्टल मार्फत दिने भएको छ । यसको लागि बैङ्कले अनलाई पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको उल्लेख गरेको छ । यसको लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल जततउकस्ररबगअतष्यलबककष्कतबलअभ।लष्अबकष्बदबलप।अयm भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका जानकारीहरू प्राप्त गर्न सक्ने व्याबस्था गरिएको बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन खनियाले बताए । ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेमा सो सम्पत्तिको बारेमा थप जानकारी लिन परेमा सम्पत्ति विवरण रहेको ठाउँमा रहेको म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउनु पर्नेछ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक जततउकस्ररबगअतष्यलबककष्कतबलअभ।लष्अबकष्बदबलप।अयm बाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैङ्कले जनाएको छ ।

