काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ७५ करोड ८१ लाख ६० हजार रुपैयाँ बराबर मूल्यको जग्गा खरीद गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति लिई कम्पनीको व्यवासायिक प्रयोजनका लागि जग्गा खरीद गरेको हो ।
काठमाडौं महानगरपालिका, ६, चावहितमा अवस्थित कुल ३ हजार ६८८ दशमलव २० वर्ग मिटर जग्गा कम्पनीले खरीद गरेको हो । जग्गाको मूल्य ७२ करोड र रजिष्ट्रेशन शुल्क ३ करोड ८१ लाख ६० हजार गरी कुल ७५ करोड ८१ लाख ६० हनार खर्चिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । कम्पनीले असार ३० गते उक्त जग्गा खरीद सम्झौता गरेको समेत बताएको छ ।

