काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भए सँगै शेयर बजार भएसँगै शेयर बजार बढेको छ । साउन १ गते देखि आर्थिक वर्षै २०८२/८३ कार्यान्वयनमा आएको र बजेट तथा मौद्रिक नीतिले लिएको नीतिहरुले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव परेको पाइन्छ, यद्पि यो साताको अन्तिम दिन मात्र चालु आर्थिक वर्षको शेयर कारोबार भयो ।
यो साता साताभर नेपाल स्टक एक्सचेञ्जे (नेप्से) परिसूचक बढ्दा कारोबार रकम समेत बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार रकम १८ अर्ब बढीले बढेको छ । यो साता कारोबार रकम ५९ अर्ब ६३ करोड ४६ लाख पुगेको छ । जुन गत साताको तुलनामा १८ अर्ब ४ करोडले बढी हो । गत साता कारोबार रकम ४१ अर्ब ५८ करोड ५८ लाख पुगेको थियो ।
बजार पुँजीकरण रकम समेत २ खर्ब बढीले बढेको छ । यो साता बजार पुँजीकरण रकम ४७ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । जुन गत साताको तुलनामा २ खर्ब ३१ अर्ब ८० करोडले बढी हो । गत साता बजार पुँजीकरण रकम ४५ खर्ब ५१ अर्ब १५ करोड पुगेको थियो ।
गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयरको संख्या समेत बढेको छ । यो साता १६ करोड १९ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । जुन गत साताको तुलनामा शेयर कित्ता खरिद बिक्रीको संख्या ५ करोड ८० लाखले बढी हो । गत साता १० करोड ३८ लाख कित्ता शेयर खरिद बिक्री भएको थियो ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २८०० माथि पुगेको छ । यो साता नेप्से परिसूचक २८७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक १३८.८३ अंकले बढेको हो । गत साता नेप्से परिसूचक २७३१.८० विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ५००.४९ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा २८.४७ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४७२.०२ विन्दुमा पुगेर बन्द भएको थियो ।

यस दिन १३ वटा समूह बढेको छ भने १ वटा स्थिर रहेको छ । बैंकिङ १५४३, विकास बैंक ६०५८, वित्त २६४३, होटल र पर्यटन ७१२९, जलविद्युत ३७५८, लगानी ११७, जीवन बीमा १३६९४, उत्पादन र प्रशोधन ७५७२, लघुवित्त ५३४१, म्युअुचल फण्ड २०.२६,निर्जीवन बीमा १३०१५, व्यापार ४२२१ र अन्य समूह २३०९ विन्दुमा पुगेर बन्द भएको हो ।


