काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गत असार ३२ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।
एफीपीओबाट बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम वापत् थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो हो । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्नका लागि यो एफपीओ जारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । हाल कायम चुक्तापूँजीमा संस्थापकतर्फको हिस्सा ७२.९९ प्रतिशत र सर्वसाधारण तर्फको हिस्सा २७.०१ प्रतिशत छ।
निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ । एफपीओका लागि आजसम्म आवेदन मिति तोकिएकोमा आजसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म म्याद थप हुनेछ ।

