तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने मिति थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने मिति थप भएको छ । कम्पनीले  हकप्रदमा आवेदन दिन सकिने मिति साउन ४ गतेसम्म तोकेकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि म्याद थप भएको हो ।

कम्पनीले गत असार १६ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गरेको हो, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर रहेको छ । यो शेयर निष्काशनका लागि जेठ ५ गते कम्पनीले बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म शेयर कायम रहेका लगानीकर्ताहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार