काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार ३२ गतेदेखि तिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
१ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरले बिक्री गरेको हो । ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको हो ।
ऋणपत्र वार्षिक ब्याजदर ८ प्रतिशत रहेको छ । आजसम्म पर्याप्त आवेदन नपरेमा ऋणपत्रमा आवेदन दिने मिति आगामी साउन १४ गतेसम्म थपिनेछ ।

