कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीामा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा आएको यी शेयर खरीदका लागि साउन ९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

यस अघि यी शेयर बिक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुमा ३५ दिने सूचना जारी गरिसकिएको छ । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री नभएको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्न लागिएको हो । शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार