काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ । शुक्रबार २८७० अंकमा पुगेर बन्द भएको शेयर बजार आइतबार २९२२ मा पुगेर ओरालो लागेको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले घटेर ४९८.०३ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.४४ र सेन्सेटिभ इन्डेक्स १.०५ अंकले घटेको हो ।
आइतबार ३१६ वटा कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार पुगेको छ । उक्त कारोबार पछिल्लो ११ महिना कै उच्च कारोबार हो । यसअघि २०८१ भदौ २ गते २८ अर्ब ८३ करोड बराबरको कारोबार भएको थियो ।
त्यस्तै आइतबारको कारोबार बिहीबारको तुलनामा कारोबार रकम ४ अर्ब ८७ करोड २८ लाख ८९ हजारले बढी हो ।
बिहीबार ३११ वटा कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम रकम १६ अर्ब ५९ करोड २१ लाख ५ हजार बराबर कारोबार भएको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४७ खर्ब ८७ अर्ब १९ करोड ७९ लाख पुगेको छ ।
बुधबार १०५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा समूह बढ्दा ८ वटा समूह घटेको छ । होटल र पर्यटन ८६, जीवन बीमा १९२, म्युअुचल फण्ड ०.०५ , निर्जीवन बीमा १८० र अन्य समूह ८३ अंकले बढेको छ । त्यस्तै बैंकिङ २१, विकास बैंक ५, वित्त ६०, जलविद्युत १६, लगानी ०.१९, उत्पादन र प्रशोधन ८६, लघुवित्त १.५८ र व्यापार २१ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र सानिमामाई हाइड्रोपावर रह्यो । नेपाल रिइन्स्योरेन्सको ९८ करोड ५५ लाख, बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ६२ लाख, ङादी ग्रुप पावरको ५० करोड र सानिमामाई हाइड्रोपावरको ४८ करोड ११ लाख बराबर कारोबार भयो ।

