काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटेल लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते यी दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
शिवश्री हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत ९१स्१० हकप्रद निष्काशन गर्नेछ भने सिटी होटेल लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएका छन् ।
शिवश्री हाइड्रोपावर लिमिटेडस् कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
सिटी होटेल लिमिटेडस् कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यी दुई कम्पनीलाई सेबोनले चालु आर्थिक वर्षमा पहिलो पटक सार्वजनिक निष्कासनको अनुमति दिएको हो ।

