ग्लोबल आइएमई समुन्नत योजना–२ को १२ लाख ७५ हजार इकाई सर्वसाधारणलाई वितरण

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई समुन्नत योजना–२’ सामूहिक लगानी कोषको इकाई बाँडफाँट सम्पन्न भएको छ ।

योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य रु. १० का दरले जम्मा १२ करोड इकाई निष्काशन गरिएको थियो ।

जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई बीज पूँजीका लागि छुट्याइएको थियो । उक्त इकाई मध्ये ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३.५ प्रतिशत (१.६२ करोड इकाई) र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत (१८ लाख इकाई) वितरण गरिएको हो। बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो ।

तर अत्यधिक माग आएपछि कुल निष्काशनको २५ प्रतिशत अर्थात ३ करोड इकाई थप गरिएको थियो । यसरी कुल निष्काशन १५ करोड इकाईमा रहेकोमा, जसमध्ये बीज पूँजीको हिस्सा न्यूनतम १५ प्रतिशत कायम रहँदै २ करोड २५ लाख इकाई प्रवर्द्धक र व्यवस्थापकलाई बाँडफाँट गरेर बाँकी १२ करोड ७५ लाख इकाई सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।

यस योजनाका लागि ३५ हजार ८०२ जना आवेदकबाट १३ करोड ९ लाख ३३ हजार ५१० इकाई माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार