काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्युजियम होटलको सेयर खरिद गर्ने भएको छ । यस कम्पनीको असार २८ गते बसेको सञ्चालक समिति बैठकले वर्णबास म्युजियममा १४.२ प्रतिशत (संस्थापक समूह) सेयर स्वामित्व रहने गरी सेयर खरिद सम्झौता गरेको छ ।
कम्पनीले १० लाख कित्ता सेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले खरिद गर्ने भएको हो । वर्णबास म्युजियम होटल आइपीओ बिक्रीको तयारीमा रहेको छ । कम्पनीले गत वर्षको वार्षिक साधारण सभामा आइपीओ प्रस्ताव पेश गरेको थियो ।

