काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआइपी योजना’ को ५ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ । यो खुलामुखी योजना हो ।
माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँको माछापुच्छ्रे एसआइपी योजना बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

