काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैङ्कको २१४,०४९ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको शेय खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयर धनीनै हुने कानूनी व्यवस्था भएकोले सो शेयर खरिद गर्न चाहने बिध्यमान शेयर धनिले ३५ दिन भित्र के-कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ यस बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन माग गरेको छ ।
बैङ्कले तोकिएको समयभित्र सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीको आवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरु खरिद बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने जनाएको छ ।

