काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा लेख नबीकरण गर्दा नागरिकले तिर्ने बीमा शुक्कमा छुट र जरिबानको व्यबस्था गरेको छ बोर्डले स्वास्थ्य बीमामा आवद्द नागरिकको बीमालेख नविकरण सम्वन्धि कार्यबिधि परिबर्तन गर्दै यस्तिो ब्यबस्था गरेको हो परिबर्तित कार्यबिधि अनुसार बीमा बोर्डले बीमा कार्यक्रममा समावेश भएका नागरिकलाइ बीमा अबधि सकिनु १ महिना अगावै सुचना दिनु पर्ने छ सो को जानकारी दर्ता सहयोगी र बिधुतिय प्रणाली मार्फत दिइने बोर्डले जनाएको छ । बोर्षको नया कार्यबिधि २०८२ असार २४ गते बोर्डनबाट स्वीकृत भएको छ यसको कार्यान्वयन बोर्डबाट स्वीकृत भएको मितिबाट लागु हुने जनाइएको छ ।
बीमा बोर्डले नागरिकले स्वास्थ्य बीमा समयमा नै गर्दा लाग्ने दस्तुरमा छुट र समय बिते पछि नवीकरण गर्दा लाग्ने दस्तुरना हर्जनाको व्यबस्था गरेको छ । परिबर्तित कार्यबिधि अनुसार स्वास्थ्य बीमामा आबद्द हुन आबेदन दिएका नागरिकले कागजात पेश गरेको ३ कार्यदिन भित्र बीमा लेख जारी गर्नेछ भने स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुने नागरिकलले नियमित स्वास्थ्य बीमा नवीकरण गरेमा नियमित ३ बर्ष नबीकरण गरेमा बीमा शुल्कमा १० प्रतिशतय छुट पाउने छन् ४ बर्ष देखी ७ बर्ष नियमित नविकरण गरेमा बीस प्रतिशत ७ बर्ष देखी माथि नियमित नबीकरण गरेमा ३० प्रतिशत छुट पाउने व्यवस्था स्वास्थ बीमा बोर्डले गरेको छ ।
बिमोतले म्याद नाघेपश्चात बीमा लेख नबीकरण गरेमा ३ महिना ढिला गरेमा १० प्रतिशत थप दस्तुर ६ महिना भित्र नवीकरण गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रथिशत थप हर्जना तिर्नु पर्ने छ १ बर्ष कटाएर नबिकरण गरेमा १०० प्रतिशत २ बर्ष पश्चात नबीकरण गरेमा स्वास्थ्य बीमामा आबद्द हुँदा लाग्ने रकममा दुइ गुणा बराबर र तीन बर्ष पश्चात नबीकरण गरेमा तिन गुणा थप दस्तुर तिर्नु पर्ने ब्यबस्था स्वास्थ्य बीमा बोर्डले गरेको छ ।

