काठमाडौं । बिमा प्राधिकरणकी सञ्चालक सदस्य राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्यमा समस्या देखिएको कारण बोर्डको बैठकमा समेत सहभागी हुन् नसकेकोले उनले राजीनामा दिएको बताइएको छ । उनको राजीनामा स्वकृति भइसक्यो । पोखरेलको प्राधिकरणमा नियुक्ति प्रकृया पहिलादेखि नै विवादित थियो । उनी गएको चैतमा सञ्चालक नियुक्त भएकी थिइन् ।
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले दिइन् राजीनामा

