सिराइचुली होटलले आइपीओ जारी गर्ने

काठमाडौं । चितवन अवस्थित होटल सिराइचुली लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  यो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार