सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबबार शेयर बजार सामान्य बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेर ५१६.८२ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.०६ अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स ०.२२ अंकले घटेको हो ।

बुधबार ३१९ वटा कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम कम हो । मंगलबार २० अर्ब ८ करोड भन्दा बढी कारोबार भएको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४९ खर्ब ७० अर्ब ७६ करोड १४ लाख पुगेको छ ।

बुधबार ९८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ७ वटा समूह बढ्दा ६ वटा समूह घटेको छ । वित्त ८५, जलविद्युत ३४, लगानी १.०९, उत्पादन र प्रशोधन ३२, म्युअुचल फण्ड ०.०३, व्यापार १३ र अन्य समूह ३९ अंकले बढ्दा बैंकिङ ४, विकास बैंक ५८, होटल र पर्यटछन ८२, जीवन बीमा ७३, लघुवित्त ४१ र निर्जीवजन बीमा ८४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), बुटवल पावर कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ७८ करोड १० लाख, शिवम सिमेन्टको ७५ करोड २९ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ६२ करोड ३३ लाख, बुटवल पावर कम्पनीको ६२ करोड २५ लाख र नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड २७ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार