स्वस्तिक लघुवित्तको आईपीओमा विदेशमा रहेका नेपालीले आजसम्म आवेदन दिन पाउने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले फ्नो जारी पूँजी पाँच करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने दुई करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँको अंकित दरको २ लाख ३१ हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साँझ कार्यालय समय बन्द हुनुअगाडि शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि न्युनतम १० देखि अधिकतम् ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट आईसीआरएएनपी- (आईआर) बी रेटिङ प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार