काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हकप्रदमा आवेदन दिन सकिने मिति यसअघि साउन ४ गतेसम्म तोकेकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
कम्पनीले गत असार १६ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गरेको हो, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर रहेको छ ।
यो शेयर निष्काशनका लागि जेठ ५ गते कम्पनीले बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म शेयर कायम रहेका लगानीकर्ताहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

