इन्फिनिटी लघुवित्तको नाफा १०४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी डबल डिजिटमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १०४.७१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ४ करोड ५७ लाख नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी २९ करोडबाट बढेर ४० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।  ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

४९ करोड ७४ लाख १५ हजार रुपैयाँ  चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड १७ लाख जम्मा छ । १२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी १८.८५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ छ । एनपीएल ७.४३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष एनपीएल १०.१९ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार