सूचीकृत ३८ कम्पनीको सेयर भाउ ५२ हप्ताको हाई नजिक, ती स्टक कुन कुन हुन् ? हेरौं

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३८ वटा कम्पनीको सेयर भाउ ५२ हप्ताको हाई अर्थात, ५२ विक हाई रेन्ज नजिक पुगेका छन् । बजारमा आएको वृद्धिका कारण यी कम्पनीहरुको सेयर उक्त हाई नजिक कारोबार हुँदैछन् । जसमध्ये, ६ वटा स्टक भने ५२ हप्ताको हाई विन्दुमै छन् । नेपाल ल्यूब आयल, सान्भि, ट्रेड टावर, कामना सेवा, नेपाल रिइन्सुरेन्स, लुम्बिनी विकास बैंक ५२ हप्ताको हाई विन्दुमा  छन् ।

३८ वटा कम्पनीको सूचीमा ४ वटा बैंक, ४ वटा विकास बैंक, २ वटा पुनर्बिमालगायत हाइड्रोपावर र लघुवित्त समूहका कम्पनीहरु पनि छन् । सबैभन्दा धेरै हाइड्रोपावर समूहका १४ वटा कम्पनीहरुको बजार भाउ ५२ हप्ताको हाई नजिक देखिएका छन् । पछिल्लो समय सबैभन्दा राम्रो चमक देखिएको सेक्टर नै हाइड्रोपावर हो । हाइड्रोपावरका धेरै कम्पनीहरुको सेयर भाउमा वृद्धि देखिएको छ । त्यसले गर्दा पनि यो सूचीमा हाइड्रोपावर कम्पनीहरु अग्रा स्थानमा छन् ।

साथै, लघुवित्त समूहका केही कम्पनीहरुको पनि भाउ ५२ हप्ताको हाई नजिक छन् । यति ठूलो संख्यामा कम्पनीहरुको सेयर मूल्य ५२ साताकै उच्च विन्दु नजिक पुग्नु भनेको बजारमा स्पष्ट रुपमा सकारात्मक धारणा हावी भएको देखिन्छ । यसले लगानीकर्ताहरुबीच आगामी दिनमा अझै मूल्य बढ्ने अपेक्षा बलियो भएको संकेत दिन्छ ।

यस्तो अवस्था तब आउँछ जब लगानीकर्ताहरुले आर्थिक सूचकहरु, नीतिगत स्थायित्व, कम्पनीहरुको आय विवरण र बजारमा प्रवेश गरिरहेका संस्थागत लगानीकर्ताको संख्यालाई सकारात्मक रुपमा लिन्छन् ।

साथै, यसले बजारमा लगानीकर्ताको आत्मविश्वास बढ्दो रहेको देखाउँछ । जब लगानीकर्ताहरु लगातार सेयर खरिद गर्न इच्छुक हुन्छन् र बिक्रीको चाप कम हुन्छ, त्यतिबेला मूल्य बढ्दै जान्छ । यसले, लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफलको अपेक्षा राखेका छन् भन्ने बुझिन्छ ।

त्यसैगरी, प्राविधिक विश्लेषणको दृष्टिकोणबाट हेर्दा यस्ता सेयरहरु अप ट्रेन्डमा छन् भन्ने मानिन्छ । जब कुनै सेयरको मूल्य लगातार बढेर ५२ साता उच्च मूल्य नजिक पुग्छ, त्यसले ती सेयरहरुमा मजबूत माग रहेको संकेत दिन्छ । यस्तो अवस्थामा मुभमेन्ट बेस स्ट्राटिजी अपनाउने लगानीकर्ताहरु ती सेयरतर्फ आकर्षित हुन्छन् र थप खरिदका कारण मूल्य अझै बढ्न सक्छ ।

यद्दपि, यो अवस्था सधैं सकारात्मक मात्र हुँदैनन् । बजारमा लगातार वृद्धि हुँदा आरएसआइ र एमएसीडी जस्ता प्राविधिक सूचकहरुले ओभर बट अवस्था देखाउन सक्छन् ।

कुन कुन कम्पनीका सेयर ५२ हप्ताको हाई नजिक छन्  ?   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार