एमबीएल इक्विटी फन्ड ५ करोड ३२ लाख नाफामा, न्याभ कति ?

काठमाडौं । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित एमबीएल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असार महिनामा ९.९९ रुपैयाँबाट बढेर १०.४४ रुपैयाँ कायम भएको छ । यसअवधिसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ ।

यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ६३ करोड ३३ लाख रुपैयाँबाट बढेर ९१ करोड १ लाख रुपैयाँ पुगेको छ । फन्डको बैंक मौज्दातमा २२ करोड ६७ लाख जम्मा छ । जेठमा बैंक मौज्दातमा ४५ करोड ९७ लाख थियो । यस फन्डले ऋणपत्रमा लगानी गरेको छैन । असारसम्म इक्विटी फन्डले ५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जेठमा यो फन्ड घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार