काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ ।
जसमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को (न्याभ) असार मसान्तमा १२.४९ रुपैयाँ भएको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.८१ रुपैयाँ रहेको थियो । यस फन्डले असार मसान्तसम्म १ अर्ब ३६ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दात घटेर ६ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।
जेठमा यसको बैंक मौज्दातमा १३ करोड ७३ लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा १ करोड रुपैयाँ छ । असार मसान्तसम्म यो फन्ड २५ करोड २७ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १७ करोड १२ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यता, सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असारमा १२.३२ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस फन्डको न्याभ ११.६८ रुपैयाँ थियो ।
फन्डले यसअवधिसम्म १ अर्ब ६४ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दात ११ करोड ५४ लाख रुपैयाँ जम्मा रहेको छ । असार मसान्तसम्म यो फन्ड ३० करोड ५४ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड २० करोड ९४ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यता, सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) को खुद सम्पति मूल्य (न्याभ) असारमा ११.४७ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस फन्डको न्याभ १०.८६ रुपैयाँ थियो ।
फन्डले असार मसान्तसम्म १ अर्ब ५६ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । यस अवधिसम्म फन्डको बैंक मौज्दातमा ११ करोड ४७ लाख जम्मा रहेको छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा १६ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म यो फन्ड १८ करोड ९८ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड ९ करोड २६ लाख रुपैयाँ नाफामा रहेको थियो । यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) जेठको तुलनामा बढेर १२.५३ रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.९१ रुपैयाँ रहेको थियो ।
यस फन्डले असार मसान्तसम्म ८८ करोड ५४ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले ७९ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दात घटेर ८ करोड २५ लाख रुपैयाँ कायम भएको छ । जेठमा यसको बैंक मौज्दातमा ११ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म यो फन्ड १६ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड ११ करोड ३३ लाख रुपैयाँ नाफामा थियो ।

