सामान्य अंकले घट्यो शेयर बजार, प्रोफिट बुक गर्ने नहुँदा १९ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य अंकले घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले घटेर ५१३.०९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.३७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.३४ अंकले घटेको हो ।

सोमबार ३२१ वटा कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ७ अर्ब २० करोडले कम हो । आइतबार २६ अर्ब ५७ करोड बराबर कारोबार भएको थियो । आज नाफा बुक गर्नेहरुको संख्यामा गिरावाट आँउदा बजार घटेको हो ।

यसदिन बजार पुँजीकरण रकम ४९ खर्ब ४२ अर्ब ८० करोड ९४ लाख पुगेको छ ।

सोमबार ९४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ४ वटा समूह बढ्दा ९ वटा समूह घटेको छ ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रीलरी लिमिटेड, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रोमोटर शेयर रह्यो । शिवम सिमेन्टको ९२ करोड ५७ लाख, हिमालयन डिष्ट्रीलरी लिमिटेडको ७६ करोड ९९ लाख, ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख, लुम्बिनी विकास बैंकको ५५ करोड ५३ लाख र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रोमोटर शेयरको ५१ करोड ६५ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार