सारथी लजिस्टिक्सले खोल्यो विराटनगरमा शाखा

काठमाडौं । सारथी लजिस्टिक्स प्रा.लिले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ।

उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गर्‍यो। ती गन्तव्यहरूमा निम्न शहरहरू समावेश छन् जसमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा) , नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, त्रिशूली रहेको छ।

यस विशेष अवसरमा, सारथी लजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार न्यौपानेले सारथी लजिस्टिकस विराटनगर र देशका विभिन्न स्थानमा पुग्दा गर्व लागेको बताए ।

“हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं। यो हाम्रो लक्ष्यतर्फको अर्को ठूलो पाइला हो – जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन रहेको छ। हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहज रूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो। चाँडै नै हामी देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजनामा छौं, ”सिइओ न्यौपानेले भने ।

उक्त समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगीरव्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सारथी लजिस्टिक्सले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रिय गौरवसहितको सेवा प्रदान गर्ने दृढ संकल्प लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार