आज पनि घट्यो सुनको मुल्य, बढ्यो चाँदी

काठमाडौं ।बुधबार सुनको मुल्य घट्दा चाँदीको मुल्य भने बढेको छ । नेपाल सुन चाादी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबारका लागि सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । यो सँगै महासंघले बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ र तेजावी सुन १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाला र तेजावी सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, बुधबारका लागि प्रति १० ग्राम छापावाला सुन १ लाख २० हजार ४ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १९ हजार ८ सय ५५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको छ । यो सँगै बुधबारका लागि चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रति १० ग्राम भने १ हजार ६ सय २९ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार