काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डहरुको असार महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यस्तै, अघिल्लो महिनाको तुलनामा ३ वटै फन्डको नाफा पनि बढेको छ ।
जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ असार मसान्तमा ११.४३ रुपैयाँबाट बढेर ११.९६ रुपैयाँ पुगेको छ । यस फन्डले असारमसान्तसम्म ८१ करोड ६३ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । जेठमा यसले ८८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको बैंक मौज्दात भने बढेर २४ करोड २४ लाख रुपैयाँ कायम भएको छ । असारमसान्तसम्म फन्ड २१ करोड ४९ लाख रुपैयाँ नाफामा रहेको छ । जेठमा यो फन्ड १५ करोड ५७ लाख रुपैयाँ नाफामा रहेको थियो ।
नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ असार मसान्तमा ११.२२ रुपैयाँबाट बढेर ११.७४ रुपैयाँ पुगेको छ । यस फन्डले असारसम्म ८६ करोड ४८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । जेठमा यसले १ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको बैंक मौज्दात भने बढेर ३१ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । असारमसान्तसम्म फन्ड २३ करोड २४ लाख रुपैयाँ नाफामा रहेको छ । जेठमा यसले १६ करोड ६७ लाख रुपैयाँ नाफामा कमाएको थियो ।
यस्तै, नबिल फ्लेक्सी क्याप फन्डको न्याभ असार मसान्तमा ११.३२ रुपैयाँबाट बढेर ११.६७ रुपैयाँ पुगेको छ । यस फन्डले असारमसान्तसम्म ८९ करोड ७५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । जेठमा यसले ९७ करोड ३० लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको बैंक मौज्दात भने बढेर २८ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । असारमसान्तसम्म फन्ड १० करोड ९३ लाख रुपैयाँ नाफामा रहेको छ । जेठमा यो फन्ड ६ करोड ७७ लाख रुपैयाँ नाफामा रहेको थियो ।

