एनएमबि क्यापिटलका ४ वटा म्युचुअल फन्डको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटै म्युचुअल फन्डको असार महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । साथै, यी फन्डहरुको नाफामा पनि सुधार देखिएको छ ।

जसमध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को न्याभ असारमसान्तमा १२.३८ रुपैयाँबाट बढेर १३.३७ रुपैयाँ पुगेको छ । फन्डले असारमसान्तसम्म १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १ अर्ब ३१ करोड ९ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डकोअसार बैंक मौज्दात २ करोड ४२ लाखबाट बढेर ३ करोड ९६ लाख पुगेको छ । असारमसान्तसम्म फन्ड २६ करोड २२ लाख रुपैयाँ नाफामा रहेको छ । जेठमा यो फन्ड १४ करोड १२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

यता, एनएमबि सरल बचत फन्ड इ को न्याभ असार मसान्तमा १०.३४ रुपैयाँबाट बढेर ११.२० रुपैयाँ पुगेको छ । यस फन्डले असारसम्म ३ अर्ब ११ करोड ७२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको  बैंक मौज्दात २१ करोड ७९ लाखबाट बढेर ३१ करोड ६७ लाख पुगेको छ । असारमसान्तसम्म फन्ड ३७ करोड ७३ लाख रुपैयाँ नाफामा रहेको छ । जेठमा यो फन्ड ८ करोड ९२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

यता, एनएमबि ५० को न्याभ पनि बढेको छ । यसको न्याभ असार मसान्तमा ११.४५ रुपैयाँबाट बढेर १२.१८ रुपैयाँ पुगेको छ । यस फन्डले असारसम्म १ अर्ब १३ करोड ७६ लाख रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले १ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको बैंक मौज्दात ३ करोड ७१ लाखबाट बढेर ९ करोड १४ लाख पुगेको छ । यो फन्ड २४ करोड ६४ लाख रुपैयाँ नाफामा रहेको छ । जेठमा यसको नाफा १५ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

एनएमबि हाइब्रिड फन्ड एल २ को न्याभ पनि बढेको छ । यसको न्याभ असार मसान्तमा ९.९१ रुपैयाँबाट बढेर १०.३४ रुपैयाँ पुगेको छ । यस फन्डले असारसम्म ८९ करोड २४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले ८० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको बैंक मौज्दात १७ करोड ३६ लाखबाट बढेर ६ करोड ८२ लाख पुगेको छ । असारमसान्तसम्म यो फन्ड ४ करोड ७१ लाख रुपैयाँ नाफामा छ । जेठमा यो फन्ड घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार