नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णया गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार