आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको नाफा १२ लाख ७५ हजार, प्रतिसेयर आम्दानी २४ पैसा

काठमाडौं । आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको असारसम्म १२ लाख ७५ हजा रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७९.५९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो माइक्रो इन्सुरेन्सको बिमा शुल्क संकलन ४७ लाख ३० हजारबाट बढेर ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यता, कमिसन आम्दानी पनि बढेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी बढेर ४ करोड ५२ लाख कायम भएको छ ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रेटेन्ड अर्निङमा ५ लाख ३३ हजार छ । स्पेसल रिजर्भमा २३ लाख १९ हजार जम्मा छ । प्रतिसेयर आम्दानी ०.२४ पैसा देखिएको छ ।  हाल यस कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर आइपीओ मार्फत बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार