पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्यायो आईएम ६ , मूल्य ७४.९९ लाख पर्ने

काठमाडौं।  एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाली बजारमा मोरिस ग्यारेज (एमजी) आईएम ६  गाडि ल्याएको छ  । कम्पनीले एक समारोहका बिच  बिहीबार आइएम ६ सार्वजनिक गरेको हो । आईएम ६ गाडीको मूल्य ७४ लाख ९९ हजा रुपैयाँ तोकिएको छ।

आइएम ६ गाडी २१ साउनमा काठमाण्डौमा सुरु हुने  हुने नाइमा अटो मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखि बिक्रि बितरण सुरु हुने महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले जानकारी दिएका छन् । सायक मोटर आईएम मोटर्सको प्यारेन्ट कम्पनी हो। एम जि गाडि सायक मोटर्सले उत्पादन गर्दै आएको छ।

आईएम ६   सारवजनिक गर्ने कार्यक्रमा कमपनीका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले नेपालमा एमजी आइएम ६ सार्वजानिक गर्न पाउदा खुसि भएको बताए ।

आईएम ६को बारेमा

आईएम ६ मा ७५ किलोवाट आवर (युनिट) को एलएफपी ब्याट्री उपलब्ध रहेको छ  ।  गाडीमा रहेको ब्याट्रीले एक पटकको फुल चार्ज ४५० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ भने लम्बाइ ६ ४,९ मिटर लम्बाईको छ । यो गाडी आईएम डिजिटल च्यासिसमा उत्पादन गरिएको हो । गाडीमा फ्युचरस्टिक एआइ फिचर पनि उपलब्ध छ । गाडीमा २० वटा स्पिकर छ। जसले साउन्डलाई रियलस्टिक बनाउँछ । वान टच एआइ चौफर सिस्टम पनि छ । जसले गाडी अटोमेटिक रुपमा पार्क, ब्याक जस्ता सबै कुरा गर्न सजिलो बनाउने गाडिको बारेमा प्रस्तुतिको क्रममा क्षेत्रिले बताए ।

कार्यक्रममा एमजीको १०० वषको इतिहास समेटिएको दृष्य चित्र प्रदर्शन गरिएको थियो ।  कम्पनीले  यो केबल इभि मात्र नभइ नेपालका लागि स्मार्ट ड्राइभिइको भविस्य भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार