मार्जिन कारोबार व्यवस्थित गरि सञ्चालन गर्न कार्यदल गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई व्यवस्थित गरि सञ्चालनमा ल्याउन   ब४ सदस्यीय समिति गठन गरेको छ। बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।

धितोपत्र बोर्डका अनुसार सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे, रेगुलेसन विभागबाट अम्बिका गिरी र एक सदस्य ब्रोकर नियमन बिभागबाट गरेर ४ सदस्य रहेका छन् ।

उक्त समितिले अहिले भइरहेको मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाएर पेश गर्नेछ । मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ अस्पस्ट रहेको भन्दै ब्रोकरहरुले कारोबार सुरु गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार