७ म्युचुअल फन्डको लाभांश घोषणा, प्रतिफल प्रस्ताव गर्न बाँकी अरु फन्डहरुको कति छ वितरण क्षमता ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी)ले लाभांश घोषणा गरेका छन् । यी फन्डहरुले गत वर्षको नाफाबाट इकाईलाई लाभांश प्रस्ताव गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डले १९ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।
त्यस्तै, शुभ लक्ष्मी कोषले १६ प्रतिशत, लक्ष्मी भ्याल्यू फन्ड-२ ले १५ प्रतिशत लाभांश दिने भएका हुन् ।

यता, सिद्धार्थ सिस्टम्याटिक इन्भेष्टमेन्ट स्किमले ८, कुमारी सुनौलो योजनाले ८.८८, गरिमा समृद्धि योजनाले ५.१० र एनएमबि सरल बचत फन्ड-ईले ४.२७ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । अंकित मूल्य भन्दा न्याभ धेरै भएका फन्डहरुले लाभांश दिन सक्छन् । अर्थात, १० रुपैयाँ भन्दा धेरै न्याभ भएका फन्डहरुले न्याभ अनुसार लाभांश प्रस्ताव गर्छन् ।

यता, सञ्चालनमा रहेका सबै फन्डहरुले गत वर्षको असारसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये सबै फन्डहरुको न्याभ १० रुपैयाँ भन्दा माथि छ । यसर्थ, सबै फन्डहरुको लाभांश क्षमता छ । तर, सबैले लाभांश दिने सम्भावना छैन ।

तथ्यांक अनुसार प्रभु स्मार्ट फन्डको लाभांश क्षमता ३५.३० प्रतिशत छ । त्यस्तै, प्रभु सेलेक्ट फन्डको ३४.६०, एनएमबि सुलफ इन्भेषटमेन्ट फन्ड-२ को ३३.७० र हिमालयन८०-२० को लाभांश क्षमता ३२.५० प्रतिशत छ । १९ वटाको लाभांश क्षमता २० प्रतिशत भन्दा धेरै छ ।

अर्थात, यी फन्डहरुले इकाईधनीलाई प्रतिइकाई २ रुपैयाँ भन्दा धेरै प्रतिफल दिन सक्छन् । ३५ वटाले भने १० प्रतिशत भन्दा धेरै लाभांश दिन सक्छन् । बाँकी फन्डहरुले १० प्रतिशत भन्दा कम लाभांश दिन सक्ने क्षमता छ । २ प्रतिशत भन्दा कम लाभांश दिन सक्ने क्षमता भएका फन्डहरुले भने सम्भवतः प्रतिफल नदिन सक्छन् । निकै कम प्रतिफल भएको कारण यस्ता फन्डहरुले उक्त रकम पुनः लगानीमा प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार