‘नाडा अटो शो २०२५‘ भदौ ३ गतेदेखि, पहिलो पटक ‘फ्लाइङ‘ कार  राखिने

काठमाडौं । ‘नाडा अटो शो २०२५‘ मा   पहिलो पटक फ्लाइङ कार  राखिने भएको छ ।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ‘नाडा अटो सो २०२५‘ कार्यक्रमको बारेमा जानकारी गराइएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा नाडा अटो सो कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विद्युतीय सवारी साधनका साथै फ्लाइङ कार राखिने भएको छ ।

पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष  करण चौधरीले यस वर्षको नाडा सो मार्फत् नेपाली बजारका लागि उपयुक्त सवारी साधन सार्वजनिक गरिने बताए ।

उनले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित सवारी साधन प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब भएको समेत बताए ।

यस वर्षको कार्यक्रमले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिलाई एकै छानामुनि ल्याउने अध्यक्ष चौधरीले जानकारी दिए ।

 

नाडा अटो शो २०२५ मा यी समाग्रिहरु प्रस्तुुत गरीने छ ।

१९ वटा चारपांग्रे ब्रान्डहरू

१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू

४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू

३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)

१२५ भन्दा बढी प्रदर्शकहरू

१ लाखभन्दा बढी आगन्तुकको अपेक्षा

३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने बताइएको छ ।

अटो सो निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ ।

 

कार्यक्रम विभिन्न सशक्त साझेदारहरूको सहकार्यमा सम्पन्न हुँदैछ। मुख्य प्रायोजकको रूपमा एमएडब्लु वृद्धि -युनिट्री_,सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर य्याङ्गो, टिकटिङ पार्टनर खल्ती  भदौ २ गतेसम्म अग्रिम टिकटमा २०५ क्यासब्याक, इन्टरनेट पार्टनर वर्ल्डलिंक, सुरक्षा निगरानीमा सिसिटिभि नेपाल, अग्नि सुरक्षा साझेदार हिमालयन सेफ्टी सोलुसन, अस्पताल साझेदार किष्ट अस्पताल, आतिथ्य व्यवस्थापन द प्लाजा, डोर प्राइज प्रायोजक नेपाल ल्युब आयल लिमिटेड रहेका छन्।

कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालिले गर्नेछ।

सुविधा र सुरक्षाका लागि व्यापक व्यवस्था गरिएको छ। जोन विभाजन स्पष्ट गरिएको छ  चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी साधन, अटो पार्ट्स, वित्तीय सेवा लगायतका छुट्टाछुट्टै खण्डमा प्रदर्शनी हुनेछ।

मिडिया डेस्क पत्रकारहरूको समन्वयका लागि राखिनेछ भने ट्राफिक सूचना डेस्क महानगरीय ट्राफिक प्रहरी साझेदारीमा सञ्चालन हुनेछ। आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र अग्नि नियन्त्रणको व्यवस्था पनि गरिनेछ।

नाडाको अटो सोमा यी कम्पनिका सवारी साधनहरु प्रमुख आकर्षणका रुपमा रहने छन् । शोका प्रमुख आकर्षणहरूमध्ये एक हो, ‘विन्टेज मोटर शो’, जसमा ऐतिहासिक सवारी साधनहरू –मोरिस माइनर, फियाट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडीज बेन्ज, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोला, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता थुप्रै मोडेलहरूको प्रदर्शन गरिनेछ।

त्यस्तै, ‘मेड इन नेपाल पेभेलियन’ मा स्वदेशमै निर्माण गरिएका सवारी साधन तथा अटो पार्ट्सहरूको प्रदर्शनी गरिनेछ। अन्तर्राष्ट्रिय लगानी तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्टरनेशनल बिजनेस पेभेलियन पनि सञ्चालन हुनेछ। साथै, ‘सेमिनार, कार्यशाला र अन्तरक्रिया’ कार्यक्रममार्फत ईभी (इलेक्ट्रिक भेइकल), स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा गहन छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार