केयीको  एक्स थ्री प्रो ईभी मा नगद छुट

काठमाडौं ।  नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ ।

सीमित-अवधि अफर अन्तर्गत,  केयी एक्स थ्री प्रो ईभीको सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, ३९.९६ लाख को मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ  । यो अफरले  ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेछन् । यो ठूलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको छ।

यो विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध  रहेको कम्पनीले जनाएको छ । काठमाण्डौको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए२ मा उपलबध हुने कमन्पनीले जानएको छ ।

एक्स थ्री प्रो ईभी किन रोज्ने?

  • यस सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यको एसयूभी
    • १२०/९९ किलोवाट मोटर
    • उन्नत सुविधाहरू सहितको स्लिक, प्रिमियम डिजाइन
    • लक्जरी र फराकिलो इन्टेरियर
    • उत्कृष्ट ड्राइभिङ कम्फर्ट
    • सुरक्षित, ध्यान भंग नहुने गरी ड्राइभिङका लागि फिजिकल बटन
    • १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
    • प्यानोरामिक मूनरुफ
    • अटो होल्ड
    • लिथियम आइरन फस्फेट ब्याट्री
    • ७.३ किलोवाट चार्जर र स्पेयर ह्वील
    • स्पेयर पार्ट्स किफायती छन्

केयी एक्स थ्री प्रो ‘बाबल अफर’ नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भृकुटीमण्डपको हल ए मा रहेको केयीको स्टल नम्बर ए२ का साथै र देशभरका प्रमुख सहरहरू जस्तै नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्ज मा रहेका आधिकारिक केयी शोरूमहरू मा उपलब्ध हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार