CLI

प्रभु इन्सुरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी ४७ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल भएको छ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश भएको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत साउन २ गते बुक क्लोज गरेको थियो । साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Leave Your Comment

Related News