सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फोकस्ड इक्विटी फण्डको भदौ ३ गते बुक क्लोज हुने

काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फोकस्ड इक्विटी फण्डको दर्ता किताब भदौ ३ गते १ दिनको लागि बन्द हुने भएको छ । लक्ष्मी सन्राइज बैंक लि. द्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत संचालित सन्राइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८१/०८२ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित १३.५० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने प्रयोजनार्थ योजनाको इकाईधनी दर्ता किताब २०८२ भाद्र ३ गते एक दिनका लागि बन्द हुने जनाईएको छ ।

२०८२ भाद्र ३ गते भन्दा अघिल्लो व्यहोरा सबैको नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानुन बमोजिम तोकिएको समयावधी भित्र रितपुर्वक नामसारी भई आएका इकाईधनी मात्र नगद प्रतिफलको हकदार हुने क्यापिटलले उल्लेख गरेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार