६८ खर्ब ५० अर्ब पुग्यो वित्तीय क्षेत्रको आन्तरिक दाबी

काठमाडौं । वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । २०८० असारसम्मा वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ ख्बर्् ५० अर्ब ३० करोड रुपैयाँ र नेपाल सरकारमाथिको खुद दाबी १० अखर्ब २३ अर्ब ९ करोड रुपैयाँ पुगेको बताइएको छ ।

आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुरुप वित्तीय क्षेत्रको सार्वजनिक गैर वित्तीय संस्थान माथिको दाबी ३२ अर्ब ४४ करोड २४ लाख रुपैयाँ र निजी क्षेत्र माथिको दाबी ५७ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

२०७९ असारसम्ममा वित्तीय क्षेत्रकधो तरल दायित्व ४८ खर्ब १८ अर्ब ४ करोड रहेकोमा ११.६ प्रतिशतले वृद्धि भई २०८० असारसम्ममा ५३ खर्ब ७८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दायित्व २०७८ असारसम्ममा ४५ खर्ब ५४ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै २०८० असारसम्ममा वित्तीय क्षेत्रभन्दा बाहिर चलचल्तीमा रहेको मुद्रा ५ खर्ब ८ अर्ब ३७ करोड रुपैयाँ , वित्तीय क्षेत्रको माग निक्षेप दायित्व ४ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ र वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व ४४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार