CLI

धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले आज आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसंग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।

संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले गर्दा कैंयौं बर्षदेखि लगानीकर्ता सञ्चालकहरुले आफुलाई व्यक्तिगत रुपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री नपाउंदा समस्या परेको, सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफुसंग रहेको शेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुंदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको थियो ।

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यबस्था रहेको र नेपालमा पनि त्यस्तै व्यबस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यबस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।

उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष श्री राजेन्द्र मल्ल, उपाध्यक्ष श्री मनोहर दास मुल, कोषाध्यक्ष श्री रमेश कुमार निरौला, सदस्य श्री आजाद श्रेष्ठ एवं श्री बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

Leave Your Comment

Related News