RE
Global College

छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १७,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । यस अघि कम्पनीले शेयर खरिद गर्न विद्यमान संस्थापकहरुलाई सेयर खरिदको लागि आब्हान गरेको थियो सो समयमा संस्थापक सेयरधनिबाट सो सेयर खरिद गर्न माग भएको थिएन । माग नभएपछि संस्थाले सर्बसाधारणले पनि किन्न पाउने गरि पुन बिक्रिमा ल्याएको छ ।

कम्पनी सो संस्थापक शेयर खरिद गर्न चाहने व्यक्ति वा संस्थाले  न्यूनतम मुल्य प्रति कित्ता रु.६०० कायम हुनेगरी खरिद गर्न सक्नेछन् । सो को लागि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड  Fit and Proper Test को व्यवस्थ पुरा हुनेगरी संस्थापक शेयरधनी हुन योग्यता पुगेको व्यहोरा खुल्ने कागजात तथा अन्य विवरणहरु सहित १५ दिन भित्र यस वित्तीय केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाण्डौमा निवेदन माग गरेको छ ।

NECO

Leave Your Comment

Related News