कुमारी बैकको संस्थापक शेयर बिक्रीमा सर्बसाधारणले आबेदन दिन पाउने

काठमाडौं । कुमारी बैक लिमिटेडको संस्थापक १०,००,००० कित्ता शेयर प्रति कित्ता न्युनतम मूल्य रु १००/- (अक्षेरुपी एक सय रुपैयां मात्र ।) मा लिलाम बढाबढमा  बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्ने चाहने व्यक्ति तथा संगठित संस्थाहरुले प्रति कित्ता आफुले खरिद गर्न चाहेको मुल्य राखि २०८१/०२/२२ गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ। सेयर खरिदको लागि बोलकोल फारम फाराम रु.१००/- (एक सय) नगद भुक्तानी गरी कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा प्राप्त हुने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने करिद कर्ताले बोलकबोलमा प्रति कित्ता १०० भन्दा माथिको मुल्य राखनु पर्नेछ । एउटै व्यक्ति वा कम्पनीले फरक-फरक मुल्यमा शेयर किन्न चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ ।

सेयर खरिद कर्ताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं., आफ्नो खाता रहेको बैंकको नाम खाता नं., टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम १,००,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १,००० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन ।  शिलबन्दी खाम बाहिर आवेदनकर्ताले “कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदन ” उल्लेख गरेको हुनु पर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार