CLI

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो, जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रिय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेकोछ ।

Leave Your Comment

Related News