RE
Global College

‘दुईवटा आइएसआइएन नम्बर आवश्यक छ’

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुको ५ वटा संघसंगठनहरुले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर(आइएसआइएन नम्बर) सम्बन्धी निर्देशिका स्वागत योग्य भएको बताएका छन् ।  संघसंगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दास्रो बजारमा कारोबारमा रहेका केही कम्पनीका संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै सेयर बिक्री गर्ने गरेको र यसले विकृति बढेको उनीहरुले आरोप लगाएका छन् ।

हाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अगाडि बढाएको आइएसआइएन सम्बन्धी निर्देशिकाको मस्यौदा बिलम्ब नगरी स्वीकृत गर्न धितोपत्र बोर्डलाई उनीहरुले आग्रह गरेका हुन ।

अहिले केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आइएसआइएन नम्बरको गलत प्रयोग गरी कम्पनीको संस्थापक सेयर, सर्वसाधारणमा परिणत नहुँदै दोश्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएको भन्ने विषयमा तत्काल छानबिन गरी दोषिमाथि कानुन बमोजिम कारबाही गर्न उनीहरुले माग गरेका छन् । साथै, यस्तो गलत क्रियाकलाप रोक्नका लागि दुईवटा आइएसआइएन नम्बर प्रयोग गर्नु पर्नेमा उनीहरुको जोड छ ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ, हकप्रद सेयर आउनुभन्दा अगाडि कम्पनीको सुशासन, जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन एवम् कम्पनीको व्यवसायिक योजनाको अध्ययन गरेर मात्र स्वीकृत गर्ने व्यवस्था गर्न समेत माग गरेका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ,  नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार बिहान संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन ।

NECO

Leave Your Comment

Related News