निरन्तर तीन दिन घट्यो शेयर बजार, सँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४७९.७६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.६९ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले घटेको हो ।

बुधबार ३२१ वटा कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब १६ करोड १८ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ७५ करोड ७१ लाखले कम हो । मंगलबार ३२३ वटा कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ५१ अर्ब ८९ करोड २३ लाख रहेको छ ।

बुधबार ८९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा समूह बढ्दा बाँकी ९ वटा समूह घटेको छ । विकास बैंक २१, वित्त १, म्युअुचल फण्ड ०.०३ र अन्य समूह ०.९० अंकले बढ्दा बैंकिङ १०, होटल पर्यटन ३८, जलविद्युत ११, लगानी ०.०२, जीवन बीमा ७५, उत्पादन र प्रशोधन ८, लघुवित्त १२, निर्जीवन बीमा ३४ र व्यापार ६३ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, शिवम सिमेन्टस, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । बुटवल पावर कम्पनीको ३४ करोड ११ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख, शिवम सिमेन्टसको २४ करोड , नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड १२ लाख र नेपाल रिइन्स्योरेन्स कम्पनीको १८ करोड ३७ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार