काठमाडौं । सोमबार देखि निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेर ४७८.८२ वन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.११ अंकले र सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले घटेको हो ।
बिहीबार ३२० वटा कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर खरीद बिक्री हुँदा करोबार रकम ७ अर्ब ४६ करोड ४१ लाख पुगेको छ । जुन बुधबारको तुलनामा १ अर्ब ३० करोड २३ लाखले बढी हो ।
बुधबार ३२१ वटा कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब १६ करोड १८ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ५६ अर्ब २७ करोड ३५ लाख रहेको छ ।
बिहीबार १०८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा समूह बढ्दा बाँकी ८ वटा समूह घटेको छ । विकास बैंक १०, लगानी ०.२०, उत्पादन र प्रशोधन ४३, व्यापार ४० र अन्य समूह ४७ अंकले बढ्दा बैंकिङ ८, वित्त १३, होटल पर्यटन ७, जलविद्युत ८, जीवन बीमा ७, लघुवित्त ७, म्युअुचल फण्ड ०.०८ र निर्जीवन बीमा २८ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी , नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बलेफी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र साहास उर्जा रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको ४७ करोड १७ लाख , नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४१ करोड ७७ लाख, बलेफी हाइड्रोपावरको ३६ करोड ८४ लाख, हिमालयन रिइन्स्योरेन्सको २२ करोड ६५ लाख र साहास उर्जाको २२ करोड ३३ लाख बराबर करोबार भयो ।

