RE
Global College

ईभी कर २० प्रतिशत विन्दुसम्म बढ्यो, यस्तो छ नयाँ दर

काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी)को करको दर हेरफेर गरेको छ। अर्थमन्त्री वर्षमान पुनले किलोवाटका आधारमा निर्धारण हुने करलाई निरन्तर दिँदै भन्सार र अन्तशुल्क हेरफेर गरेका छन्। शक्तिशाली मोटर प्रयोग हुने ईभीमा भन्सार शुल्क २० प्रतिशत विन्दुले बढाउँदा अन्त शुल्क भने १० प्रतिशत विन्दुले घटाइएको छ।

५० किलोवाट क्षमताको ईभीमा ५ प्रतिशत विन्दुले भन्सार महसुल बढाइएको छ भने यस अन्त शुल्क लाग्ने गरेको थिएन। यसबाट पाँच प्रतिशत अन्तःशुल्क थप गरिएको छ।

यस्तै ५१ देखि १०० किलोवाट क्षमताको ईभीमा ५/५ प्रतिशत विन्दुले भन्सार र अन्तशुल्क थप गरिएको छ।

१०१ देखि २०० किलोवाट क्षमताको ईभीमा भन्सार दर १० प्रतिशत विन्दुले बढाउँदा अन्तशुल्क भने यथावत राखिएको छ।

२०१ देखि ३०० किलोवाट क्षमातको ईभीमा भन्सार महशुल २० प्रतिशत विन्दुले बढाइएको छ भने अन्तशुल्क १० प्रतिशत विन्दुले घटाइएको छ।

यस्तै किलोवाट क्षमातको ईभीमा पनि भन्सार २० प्रतिशत विन्दुले बढाउँदा अन्तशुल्क भने १० प्रतिशत विन्दुले घटाइएको छ।

NECO

Leave Your Comment

Related News