नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र अत्याधुनिक रोबोट्स नेपाल आईपुग्यो

काठमाडौं । सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाउँदै फ्लाइङ ट्याक्सी र अत्याधुनिक रोबोट्स नेपाल आईपुगेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बताएको छ। तातोपानी नाका हुँदै आइरहेका बेला देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटीको प्रतीक डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेको नाडाले जानकारी दिएको छ।

नाडा यी अति आधुनिक प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनका लागि तयार भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ। यस ऐतिहासिक क्षणलाई दर्शकहरूले नाडा अटो शो २०२५ मार्फत प्रत्यक्ष अनुभव गर्ने अवसर पाउने नाडाको भनाइ छ।

१७औं संस्करणको नाडा अटो शो केवल सवारी साधनहरूको प्रदर्शनी मात्र नभई देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण बन्ने अपेक्षा गरिएको छ। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनाको ढोका खोल्ने आयोजकहरूको विश्वास छ।

भृकुटीमण्डप प्रदर्शनी हलमा आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने अटो शो प्रदर्शनीमा सहभागी भई दर्शकहरूले पहिलोपटक फ्लाइङ ट्याक्सी र अत्याधुनिक रोबोट्सलाई नजिकबाट अवलोकन गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार