CLI

बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा छलफल सम्पन्न

काठमाडौं ।नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुति गरेका छन् ।
परामर्शदाता बीमाङ्की कोल्लिमार्लाले नेपालमा बीमाको पहुँच बढाउनका लागि बीमालेखमा विविधता ल्याएर विभिन्न उमेर समूहलाई बीमाको दायरामा ल्याउनुपर्ने, नवीनतम् बीमा प्रणालीको विकास गर्नुपर्ने, बीमा क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सहित पूर्वाधारहरूको विकास गर्नुपर्ने र बीमा सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा उठेका प्रश्नहरूको उनले जवाफ दिदै परामर्शदाता बीमाङ्की कोल्लिमार्लाले बीमाको पहुँच अभिवृद्धिका लागि नागरिकको आर्थिक अवस्था हेरी सोही अनुसार बीमालेखको निर्माण गर्नुपर्ने, बीमा शिक्षाको विस्तार गर्नुपर्ने र बीमा गर्नेदेखि दाबी भुक्तानीसम्मका सेवाहरू चुस्तदुरूस्त हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूबीच नियामकीय दृष्टिकोणमा आधारित भएर छलफल भएको थियो ।

यसैगरी, कार्यक्रमको दोस्रो दिन परामर्शदाता बीमाङ्की र बीमकका प्रोडक्ट÷भ्यालुएसन डिपार्टमेन्टका प्रमुखहरूबीच बीमकीय दृष्ट्रिकोणले अन्तक्र्रिया भएको थियो ।

कार्यक्रमको अन्तिम दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा प्राधिकरणका परामर्शदाता बीमाङ्की कोल्लिमार्ला र बीमकका प्रमुख कार्यकारी अधिकृतहरूबीच नेपालमा बीमाको पहुँच बढाउने सम्बन्धी विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी, सोल्भेन्सी, बीमा बजारका समस्या र अपेक्षा लगायतका विषयमा परामर्शता बीमाङ्कीयबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य हासिल गर्न अझै परिस्कृत रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

 

Leave Your Comment

Related News