हुन्डाई नेपालद्धारा १० लाख जित्ने गरी “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ । कम्पनीले अघिल्ला वर्षहरु जसरी यो वर्ष पनि उक्त उपहार सहितको योजना घोषणा गरेको हो ।

नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन हुन्डाईले “दशैं–तिहार, १० गुणा उपहार” अफर घोषणा गरेको हो ।

यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन् । यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन् । प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क ‘कम्प्रिहेन्सिभ इन्स्योरेन्स’ र सडक कर पनि उपलब्ध हुनेछ ।

हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क मर्मत सम्भार सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दो पन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउने छ ।

यस दशैं–तिहारमा हुन्डाई नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको होन्डाई शोरुममा पुगेर “दशैं–तिहार, १० गुणा उपहार” अफरको फाइदा लिन हार्दिक निमन्त्रणा गरेको छ भने यो अफर भदौ २ गते सोमबारबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार